Section 29A
उद्घोषण गर्नु पर्ने
(१) आफ्नो साथमा वा कार्गो, कुरीयर,  हुलाक वा अन्य माध्यम मार्फत राष्ट्र बैंकले तोकेको भन्दा बढी मूल्यको नेपाली वा सो बराबरको विदेशी मुद्रा वा धारक विनिमेय अधिकारपत्र नेपालबाट विदेश लैजाने वा विदेशबाट नेपालमा ल्याउने व्यक्तिले तोकिए बमोजिम लिखित रुपमा त्यस्तो मुद्रा वा धारक विनिमेय अधिकारपत्रको सही रुपमा उद्घोषण गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिम उद्घोषण गर्दा त्यस्तो मुद्रा वा धारक विनिमेय अधिकारपत्र आफ्नो साथमा ल्याउने वा लैजाने भए सम्बन्धित भन्सार अधिकृत समक्ष र कार्गो, कुरीयर, हुलाक वा अन्य माध्यम मार्फत ल्याउने वा लैजाने भए सम्बन्धित कार्गो, कुरीयर वा हुलाक समक्ष सो कुराको उद्घोषण गर्नु पर्नेछ । (३) कार्गो, कुरीयर, हुलाक वा अन्य त्यस्तै सेवा सञ्चालकले उपदफा  (२) बमोजिम उद्घोषण गरेको मुद्रा तथा धारक विनिमेय अधिकारपत्र सम्बन्धी विवरण तोकिएको ढा“चामा सम्बन्धित भन्सार अधिकृत समक्ष पेश गर्नु पर्नेछ । (४) उपदफा (१) वा (२) बमोजिम उद्घोषण गरेको वा उपदफा (३) बमोजिम पेश गरेको विवरण झूटो वा गलत भएको शड्ढा लागेमा भन्सार अधिकृतले त्यस्तो व्यक्तिलाई आफूसँग रहेको मुद्रा वा धारक विनिमेय अधिकारपत्र देखाउन लगाउने वा शङ्का
लागेको कार्गो, पार्सल वा पुलिन्दा खोल्न सक्नेछ । (५) मुद्रा तथा धारक विनिमेय अधिकारपत्रको उद्घोषण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।